Logo

समाचार

माओवादी केन्द्र हुम्ला : वडाध्यक्षमा उम्मेदवारी घोषणा



आगामी ३० वैशाख तय भएकाे स्थानीय तहकाे निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) हुम्लाले उम्मेदवार घाेषणा सुरु गरेकाे छ । माओवादी केन्द्रले सिमकोट गाउँपालिका-३ मा पामा लामालाई वडाध्यक्षको उम्मदेवार बनाएकाे छ ।

सर्वसहमतिका आधारमा उम्मेदवारकाे टुंगाे लगाइएकाे माओवादी केन्द्र सिमकोट गाउँपालिका अध्यक्ष ताक्ला जिम्मेत लामाले जानकारी दिए । उनका अनुसार 
चुनाव लक्षित घरदैलो तथा कार्यकर्ता भेटघाट भइरहेकाे छ । 

हुम्लामा सात वटा गाउँपालिका छन् । ती पालिकामामा ४४ वडा छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार ०८:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।