Logo

अर्थ

विद्यालयमा सेञ्चुरीको वित्तीय साक्षरता कार्यक्रम



खोटाङ । सेञ्चुरी कमर्सियल बैंक शाखा हलेसीले सरस्वती मावि अर्खौलेमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता र सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तरगत बैंकले शनिबार सरस्वती माविका अभिभावक र विद्यार्थीलाई सहभागी गराएर एकदिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा सहभागी अभिभावक तथा विद्यार्थीलाई सेञ्चुरी कमर्सियल बैंक शाखा हलेसीका प्रमुख प्रभुराम थापाले बचतदेखि शेयर लगानीसम्मका वित्तीय शिक्षाका बारेमा जानकारी दिएका छन् । 

प्रमुख थापाले वित्तीय साक्षरताको महत्त्व, बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह, बचतको धारणा र महत्त्व, शेयर बजार सम्बन्धी जानकारी दिएका छन् । 

यस्तै, सेञ्चुरी कमर्सियल बैंकले प्रदान गर्ने सेवा तथा हालसालै सञ्चालनमा ल्याइएको नयाँ निक्षेप खाताका बारेमा पनि सहभागीलाई जानकारी दिइएको छ । 

कार्यक्रममा सेञ्चुरी कमर्सियल बैंकले सरस्वती माविलाई भित्तामा झुण्ड्याउन मिल्ने एक थान नेपालको नक्सा प्रदान गरेको छ । यस्तै, सामाजिक उत्तर दायित्व अन्तरगत बैंकले सरस्वती माविमा कक्षा १ देखि कक्षा १० मा अध्ययनरत गरिब तथा जेहेन्दार ३० छात्र/छात्रालाई कापी र कलम प्रदान गरेको सरस्वती माविका प्रअ नविन चाम्लिङले जानकारी दिए । कार्यक्रम विव्यासका ज्येष्ठ सदस्य केशव श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । 

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार २०:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।