Logo

समाचार

यास् चक्रवातले भारतमा मच्चायाे तान्डव



पूर्वी भारतमा बङ्गालको खाडीबाट आएको शक्तिशाली यास् नामक चक्रवातले पश्चिम बङ्गाल, दक्षिण बंगाल र ओडिशा राज्यमा निकै प्रभावित पारेको छ।

 कम्तीमा चार जनाको ज्यान गएको र हजाराैं घरबारविहीन भएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

चक्रवात जमिनमा बज्रिनु अगावै तटीय क्षेत्रका दश लाखभन्दा धेरै मानिसलाई सुरक्षित क्षेत्रतर्फ विस्थापन गरिएको थियो।

दुई सातायता भारतमा आएको यो दोस्रो समुद्री आँधी हो। अघिल्लो साता टाउटे आँधीले पश्चिम भारतमा १५० जनाको ज्यान लिएको थियो।

चक्रवातले तटीय क्षेत्रमा तीव्र हावाहुरी तथा वर्षा निम्त्याएको छ। घरहरू भत्किएका छन् भने ठूल्ठूला छालले तटीय नगरहरूमा डुबान निम्त्याएका छन्।

भारतीय मौसम विभागका पछिल्ला ट्वीटहरूमा चक्रवात पश्चिमोत्तर क्षेत्रतर्फ सर्दै गएको र कमजोर हुँदै गएको जनाएको छ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले त्यहाँ ३ लाख घरमा क्षति पुगेको र दिगा नगरमा चार मिटर अग्ला छालहरूका कारण डुबान भएको बताइन्। भारतका आन्ध्र प्रदेश, झारखण्ड तथा तमिलनाडु राज्यका तटीय क्षेत्रहरूमा पनि प्रभाव पर्ने ठानिएको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार ०८:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।