Logo

साहित्य

कवि शरदको “मरुभूमिमा डुङ्गा“ लोकार्पण



कवि शरद पोख्रेलको पहिलो कविता सङ्ग्रह “मरुभूमिमा डुङ्गा” को लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद् दाङको आयोजनामा घोराहीमा “मरूभूमिमा डुङ्गा” कविता सङ्ग्रहको लोकार्पण गरिएको हो । राप्ती साहित्य परिषद् दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालक प्रमुख अतिथ्यता तथा प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा र राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासीको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार यज्ञबहादुर डाँगीले “मरूभूमिमा डुङ्गा“ कविता सङ्ग्रहको समीक्षा गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुरूषोत्तम खनाल, विशिष्ट अतिथि पद्मप्रसाद शर्मा र टिकाराम उदासी अतिथि लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्षका दुर्गालाल केसीले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्रष्टाले आफ्नो भनाई सहित कविता वाचन गर्नु भएको थियो ।

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा

                                                 

सचिव प्रकाश केसीले सहजीकरण गर्नु भएको थियो । सङ्ग्रहमा सम्बन्ध र समवेदना,देश र दृष्टि, आवरण र पर्यावरण गरी तीन खण्डमा पचपन्न कविताहरू छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार १६:१४   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।