Logo

राजनीति

अध्यादेशमार्फत बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस



मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत बजेट स्वीकृतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठमले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको बताइएको छ।

राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।

जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको ज्ञवालीको भनाइ छ । तर प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई सरोकारवाला चौतर्फी दबाब दिरहेका छन् । 

सरकारले दबाबका बीच अध्यादेशबाट ल्याइने कामचलाउभन्दा पनि नियमित खालकै जस्तो बजेट ल्याउन लागेको छ ।

 

 

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  १२ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।