Logo

समाचार

भारतीय सेना प्रमुखले भने – पछिल्लो तीन महिना भारत-पाकिस्तान सीमामा शान्ति छ



भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले पछिल्लो तीन महिना यता जम्मू-कश्मीरस्थित भारत-पाकिस्तान नियन्त्रण रेखामा शान्ति रहेको बताएका छन्।

सन् २०२१ मा फ्रेबअरीमा भएको एलओसी संघर्ष विराममा दुवै देश सम्झौता पालना गरिरहेको उनले जनाएका छन्।

नरवणेले दुवै देशका सेनाबीच संघर्ष विरामबाट शान्ति र सुरक्षामा बढवा मिलेको बताए। उनले आपसी सम्बन्ध सामान्य बनाउन ठूलो राहत मिलेको समेत बताएका छन्।

नरवणेले संघर्ष विरामपछि सीमामा गोली नचलेको बताएका छन्। यद्यपि, जम्मू क्षेत्रमा पाकिस्तानी रेजर्ससँग जोडिएको एउटा घटना भएको थियो। एजेन्सीकाे सहयाेगमा

 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार ०७:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।