Logo

माटोले पुरिएर १० वर्षीय बालकको मृत्यु



बर्दिया : गुलरिया नगरपालिका-९ टपरीस्थित सडक निर्माणको लागि खनेको नालामा माथिबाट खसेको माटोले पुरिएर सोही ठाउँ बस्ने शम्शेर अलि नाँउको छोरा १० वर्षीय ईसान्द अलि नाँउको शनिबार दिउँसो मृत्यु भएको छ । 

ईसान्द लगायतका बच्चाहरु सोही नालीमा खलिरहेको अवस्थामा अचानक बाटोको माटो खसेर पुरिँदा ईसान्दको मृत्यु भएको हो । 
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार १२:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।