कवि तथा कथाकार महेश पौड्यालको कथासङ्गह्र “अपरिचित अनुहार” को अन्र्तक्रिया कार्यक्रम कौशलटारस्थित रिडर्स हबमा सम्पन्न भएको छ ।
लामो समयबाट साहित्यमा कलम चलाउँदै आएका पौड्यालको “अपरिचित अनुहार” कथासङ्ग्रहमा तेस्रो कृति हो ।
उक्त कार्यक्रममा डा. सनतकुमार वस्ती, राधेश्याम ढकाल, नियात्राकार प्रतीक ढकाल, डा.कोमल फुयाँल, डा. अशोक थापा, कवि भवानी खतिवडा र कवि महेश कार्की क्षितिजले आफ्नो टिप्पणी प्रस्तुत गरेका थिए ।
वस्तीले कथामा सरलता साथै दर्शन नै गम्भीर रहेको बताए । गीतामा १८ अध्याय हुनु र अपरिचित अनुहारमा १८ कथा हुनु नै कथासङ्ग्रहको विशेषता रहेको राधेश्यामले बताए । नियात्राकार प्रतीक ढकालले पौड्यालका कथामा पिछडिएको वर्गलाई अगाडि ल्याउनु नै उनको खुबी हो जो अन्यसँग छैन भन्ने भाव प्रष्ट पारे । डा. फुयाँलले मृगनयनी कथाको उठानमा आफ्नो मत दिएका थिए, डा. थापाले ‘डाउन टु अरथ’ नै यस कृतिको मियो हो भन्ने कुरामा प्रष्ट रहेका थिए, खतिवडाले यस कृतिमा कुनै त्रुटी नभएको बताइन् भने कवि कार्कीले पुराना कथाकारसँग पौड्यालका कथालाई जोडेका थिए ।
दिग्गज व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा रेडियो नोपालदेखि अनालाइनपानासम्मका महानुभावको उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया