Logo

समाचार

सत्यमोहन जोशी आईसीयूमा



शताब्दि पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन् । उनलाई काठमाडौंस्थित किष्ट अस्पतालमा भर्ना गरिएको छ । उनलाई सो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको छ । 

चिकित्सकहरुले जोशीमा फाइब्रो ब्रोङ्कएक्टेसिस समस्या देखिएको जनाएका छन् । उनलाई शुक्रबार रातिदेखि आईसीयूमा राखिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो ।  अहिले उनको अवस्था सन्तोषजनक रहेको बताइएको छ । 

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार १०:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।