Logo

विविध

तौल घटाउन उपयोगी बेसार, यस्ता छन् सेवन गर्ने चार उपाय



प्रत्येक नेपाली भान्साको गर्व, बेसारले खानाको स्वाद वा रंग मात्र बढाउँदैन, यसले वजन घटाउन पनि मद्दत गर्दछ । बेसार नेपालका हरेकजसो घरमा प्रयोग गरिन्छ ।

शरीरलाई स्वस्थ राख्नका लागि तरकारीदेखि दूध आदिमा समेत बेसारको प्रयोग गरिन्छ । यसको पछाडिको कारण बेसारको ‘एन्टी-इन्फ्लेमेटरी’ र ‘एन्टी-अक्सिडेन्ट’ गुण हो ।

पछिल्लो समय तौल घटाउन बेसारको प्रयोग गर्ने चलन चलिरहेको छ । तर के बेसारको प्रयोगले साँच्चै तौल घटाउन सम्भव छ त ? हो, विज्ञहरूका अनुसार यसले तपाईंको लागि धेरै सुरक्षित र बजेटअनुकूल वजन घटाउने आहारको रूपमा कार्य गर्न सक्छ ।

एक चम्चा बेसारमा करिब ०.९०-०.८० ग्राम प्रोटिन, २७-२९ क्यालोरी, ०.२९-०.३० ग्राम फ्याट, ६ ग्राम कार्बोहाइड्रेट, दुई ग्राम फाइबर अनि आधा ग्राम भन्दा कम चिनी रहेको हुन्छ । साथै भिटामिन ‘सी’को दैनिक आवश्यकताको लगभग ३ प्रतिशत पोटासियमको समान प्रतिशत, फलामको १२ देखि १५ प्रतिशत र म्याग्निजको २४ देखि २६ प्रतिशत । बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर यसको धेरै सेवन गर्नु हानिकारक पनि हुन सक्छ । जानौँ, कसरी बेसारले तौल घटाउन मद्दत गर्छ ।

बेसारले वजन घटाउन कसरी मद्दत गर्छ त ?

बेसारले हाम्रो रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । अधिक तौल भएका व्यक्तिहरूलाई मधुमेह हुने सम्भावना बढी हुन्छ । यसको सेवनले इन्सुलिन निर्माणमा देखापरेको प्रतिरोधात्मक अवस्थालाई रोक्नुका साथै बोसो बढ्ने अवस्थालाई रोक्दछ । त्यसैले यी दुवै अवस्थामा बेसार लाभदायक हुन्छ ।

बेसारमा पोलिफेनोल र कक्र्युमिन हुन्छ जसमा एन्टी-इन्फ्लेमेटरी र एन्टिओबेसिटी गुण हुन्छ । यी गुणहरूले शरीरको सेतो एडिपोज टिस्युमा सुजन कम गर्न मद्दत गर्दछ । कक्र्युमिनले फ्याट सेलहरू विकास हुनबाट रोक्छ । बेसारको नियमित सेवनले पेटमा पित्तको मात्रा बढाउन सक्छ । पित्तले बोसो घटाउँछ । यसरी तौल घटाउन बेसार उपयोगी मानिन्छ ।

वजन कम गर्न बेसार कसरी प्रयोग गर्ने ?

१. बेसार-दूध :

एक कप फ्याट-फ्री दूधलाई ६ देखि ७ मिनेटसम्म तताउनुहोस् । अब यो दूध एक गिलासमा हाल्नुहोस् । यसमा एक चम्चा बेसारको धुलो हाल्नुहोस् । यसलाई राम्ररी मिलाएर पिउनुहोस् । बेसारको सेवनले तौल घटाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै जाडोमा अत्याधिक चिसोका कारण देखिने लक्षणलाई कम गर्छ ।

२. बेसार-दालचीनी चिया :

ग्यासको प्यानमा एक कप पानी हाल्नुहोस् । यसमा आधा चम्चा दालचिनीको धुलो हाल्नुहोस् । यसलाई आधा नघटाएसम्म उमाल्नुहोस् । यसलाई एउटा कपमा राख्नुहोस् । अब एक चम्चा ताजा बेसारको पेस्ट र आधा चम्चा पुदिनाको पेस्ट हाल्नुहोस् । त्यसपछि यसलाई छानेर पिउनुहोस् । यसले तौल घटाउनुका साथै पाचनसम्बन्धी समस्याबाट पनि छुटकारा दिलाउँछ ।

३. बेसार र लसुन पेय :

एउटा सानो कपमा ९० मिली पानी लिनुहोस् । अब यसमा एक चम्चा कागतीको रस, एक चम्चा बेसार र आधा चम्चा लसुनको पेस्ट मिसाउनुहोस् । सबै कुरा मिलाएर पिउनुहोस् । तपाईंले यस पेयबाट धेरै स्वास्थ्यलाभ गर्न सक्नुहुन्छ । यसको सेवनबाट शरीरको बोसो घटाउनुहोस्, मोटोपनबाट छुटकारा पाउनुहोस् अनि मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरूको जोखिम कम गर्नुहोस् ।

४. बेसार र अदुवाको चिया :

एउटा भाँडामा डेढ कप पानी हालेर ग्यासमा राख्नुहोस् । अब आधा चिया चम्चा अदुवा र आधा चिया चम्चा बेसारको पेस्ट हाल्नुहोस् । यसलाई उमाल्न दिनुहोस् त्यसपछि ग्यासबाट निकाल्नुहोस् । चिसो गरेपछि केही बेर पिउनुहोस् । तौल घटाउनुका साथै कोलेस्ट्रोलको स्तर पनि कम हुन्छ र अदुवामा एन्टी-फ्लुलेन्ट गुण पनि हुन्छ । बेसारको एन्टी-इन्फ्लेमेटरी गुणले गठिया, प्यान्क्रियाटाइटिस र आन्द्रा रोगमा पनि राहत दिन्छ । तर हेक्का राख्नुहोस्, यसको धेरै सेवन गर्नुचाहिँ हानिकारक हुन्छ ।

प्रकाशित मिति : बैशाख ४, २०७९ आईतबार  १२ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।