Logo

समाचार

चीनले ल्यायो तीन सन्तान जन्माउन पाइने नीति



चीनले तीन सन्तानसम्म जन्माउन पाइने नीति ल्याएको छ । चीनले सोमबार देशका सबै दम्पतीलाई बढीमा तीन जनासम्म सन्तान जनमाउन दिइने घोषणा गरेको छ । 

संसारको सबैभन्दा धेरै जनसंख्या भएको चीनमा पछिल्लो समय सार्वजनिक तथ्यांकले जन्मदर अत्यन्तै न्यून हुँदै गएको देखिएपछि नीतिमा परिवर्तन गर्दै उक्त नियम ल्याएको हो । अहिलेसम्म चीनमा हरेक दम्पतीले २ जना मात्र सन्तान जन्माउन पाउने नियम थियो ।

राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको पोलिटब्यूरो बैठकले यो नयाँ नीतिलाई पारित गरेको चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । 

चीनमा पहिले जनसंख्या वृद्धिदर अत्याधिक भएपछि त्यसलाई नियन्त्रण गर्न दशकौंदेखि एक मात्र सन्तान जन्माउने नीति लागू गरिएको थियो । तर, यो नीतिले पछिल्लो समय जन्मदर अत्यन्तै न्यून भएको देखिएपछि २०१६ मा यो नीति खारेज गरेर दुई जना सन्तान जन्माउन पाइने नियम लागू गरिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १४:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।