गत साता सामुन्द्रिक आँधीका कारण खराब बनेकाे माैसममा सुधार आएकाे छ। साेमबारबाट माैसममा सुधार हुन थालेकामा मंगलबार मुलुकका धेरैजसाे स्थानकाे आकाश उघ्रिएकाे छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेकाे छ भने केही स्थानमा हल्का पानी परेकाे छ। काठमाडाैं उपत्यकामा बिहानैदेखि घाम लागेकाे छ।
दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा पानी पर्ने र बाँकी स्थानकाे माैसम सफा रहने महाशाखाले जानकारी दिएकाे छ।
बुधबार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ लगायत देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।





















प्रतिक्रिया