पूर्वमा टिस्टा पुगेको मेरो देश
पश्चिममा काङ्गडा सम्म पुगेथ्यो
खुम्चदै खुम्चदै माकुराको जालोझैँ भत्कदैछ
मेचीदेखि महाकालीसम्म
सीमाका जङ्गे पिल्लरहरु उखेलिदै छन्
यता चाकडी र लम्पसार वादले झन खुम्चदैछ
अब मात्र बाँकी छ
कसले खोज्ने सिमाना देशको कहाँ छ भनेर
मेरो सुनको कचौरा र मेरो देश कहाँ हराएछ भनेर
विदेश भन्दा स्वर्ग हुन्छ मेरो देश भन्नेहरु
काँचुली फेर्दै जनताहरु हैन परिवार वादमा
रुमलिएछ होली वाइनको साथमा
जनता जनार्दनहरु दाष भएछन्
तर
मालिक अर्कै भएछ
मेरो सुनको कचौराजस्तो मेरो देश
अर्कैले हाली मुहाली गर्न थाली सकेछ
मेरो सार्मभौम मेरो देश ।
















प्रतिक्रिया