Logo

समाचार

‘सिनाेभ्याक’ चिनियाँ खोपलाई डब्लुएचओकाे अनुमति, कुन उमेर समूहले प्रयाेग गर्न मिल्छ?



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)  ले कोभिड-१९ विरुद्धको थप एक अर्काे खोपलाई आपतकालीन प्रयाेग अनुमति दिएको छ। संगठनले चीनमा निर्मित ‘सिनाेभ्याक’ खाेपलाई आपतकालीन  प्रयाेगकाे अनुमति दिएकाे हाे।

योसँगै अब चीनका मात्र दुई खोपले मान्यता पाएका छन् ।

नयाँ अनुमति पाएको खोप चीनको सिनाेभ्याक कम्पनीले विकास गरेकाे हो । 

याे खाेप संगठनले अनुमति दिनु अघि पनि चीन, ब्राजिल, चिली, इण्डोनेशिया, मेक्सिको लगायतका देशमा प्रयोग भइरहेको थियाे।

संगठनको स्वीकृति पाएसँगै अब चीनले यो खोप अन्य देशलाई पनि पठाउने बाटाे खुलेकाे हाे।

आपतकालीन प्रयोगको अर्थ उत्पादन, सुरक्षा र प्रभावकारिताका हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको भन्ने रहेको डब्ल्यूएचओले जनाएको छ । सिनोभ्याक १८ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउन सकिन्छ भने दुई देखि चार हप्ताको बीचमा दोस्राेत मात्रा लिनुपर्छ ।

यो खोपले लक्षणसहितको सङ्क्रमणलाई आधा भन्दा बढी र अस्पताल भर्ना हुने दरलाई शतप्रतिशत रोक्ने अध्ययनले देखाएको छ। दुई देखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने सिनोभ्याक विकासोन्मुख देशहरुको लागि उपयोगी हुने देखिन्छ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ०७:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।