Logo

पौडी खेल्ने क्रममा मृत्यु



फुङ्लिङ : पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको मृत्यु भएको छ । काबेली खोलामा मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता उनको शव आज बिहान ७ः०० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेका बताए । मङ्गलबार पौडी खेल्ने क्रममा सिरिजङ्घा–२ आम्बेगुदिन र सिदिङ्वा–६ मेहेले जोड्ने काबेली खोलास्थित निर्माणाधीन पुल नजीकबाट दिनेश बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १२:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।