नारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । राजा विरेन्द्रको वंशनाश भएको २० वर्ष पूरा भइसक्दा पनि उक्त हत्यामा को संलग्न थिए भन्ने कुरा हालसम्म रहस्यकै गर्भमा छ । आफ्ना दाजु विरेन्द्रको परिवरालाई सम्झिँदै पूर्वराजा ज्ञानेन्द्रले हृदयको चोट भुल्नै नसकिने जनाएका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “एक यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न । साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ।”
हालसम्म पनि दरबार हत्याकाण्डको रहस्यको पर्दा नखुलेको र हत्यारा पत्ता नलागेकोप्रति उनले दु:ख व्यक्त गरेका छन् । उनले भनेका छन्, “अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन । प्रिय दाजु र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जली ।”
एक यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ। अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन। प्रिय दाजू र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जलि। 🙏 pic.twitter.com/bu0imUF4oa
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) June 2, 2021




















प्रतिक्रिया