काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का सम्पूर्ण कार्यक्रमहरू स्थगित भएको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणका कारण असहज परिस्थित सिर्जना भएको भन्दै जनगणना सम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
विभागले सूचना जारी गर्दै मन्त्रीपरिषद्को निर्णय अनुसार तत्कालका लागि जनगणनाको कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।






















प्रतिक्रिया