Logo

मस्काराले बनाउँछ सुन्दर आँखा



आफूलाई सुन्दर बनाउन हामी प्रशस्त मेहनत गर्छौं । अवसर हेरेर आफूलाई सुन्दर बनाउने प्रयास गर्छौं । त्यसक्रममा हामी आँखालाई पनि सुन्दर तथा आकर्षक बनाउने प्रयास गर्छौं । आँखाको मेकअप भन्ने बित्तिकै मस्करा -परेलामा लगाइने० लाई बिर्सन हुँदैन । मस्कराको प्रयोजले हामी आफ्नो आँखालाई सुन्दर बनाउन सक्छौं ।

अहिले बजारमा विभिन्न प्रकारका मस्काराहरु उपलब्ध छन् । खासगरी वाटर रेसिस्टेन्ट तथा वाटर सोल्युवल मस्कारा चल्तिमा छन् । तीनमा भिटामिन तथा तेल मिसाइएको हुन्छ । तीनको प्रयोगले आँखाको परेलालाई जोगाउँछन् भने परेलाले पोषणसमेत पाउँछ ।

आफ्नो परेलालाई लामो देखाउने शैलीको मस्कारा पनि बजारमा उपलब्ध छ । उक्त मस्कारालाई लेन्थनिङ मस्कारा भनिन्छ । यदि तपाईंको परेला छोटो छ भने यो मस्काराले परेलालाई लामो देखाउन मद्दत गर्छ । यदि तपाईं राति आयोजना हुने पार्टीमा सहभागी हुनुपर्नेछ भने यो मस्काराले तपाईंलाई आँखालाई चमक प्रदान गर्छ ।

यदि तपाईंलाई आफ्नो परेला लामो बनाउनुछ भने थिकनिङ मस्कारा लगाउनुपर्छ । तपाईंको परेला पातलो छ भने यो मस्कारा तपाईंका लागि अति नै उपयुक्त हुन्छ । यदि तपाईंको परेला लामो तथा बाक्लो छ भने त्यसले तपाईंको सुन्दरतालाई लुकाइरहेको हुन्छ । त्यस्तो लामो तथा बाक्लो परेलालाई सही आकार प्रदान गर्नका लागि डिफाइनिङ मस्काराको प्रयोग गर्नुपर्छ ।

बजारमा विभिन्न रंगका मस्काराहरु उपलब्ध छन् । तर प्रायः सबैको रोजाइमा पर्ने मस्कारा भने कालो रंगको हुन्छ । त्यसो त कालो रंगको मस्काराको विकल्पनमा खैरो रंग पनि उपलब्ध छ । यसबाहेक तपाईंले अवसर र मौसम अनुसार कालो, खैरो, चकलेटी आदि रंगका मस्कारासमेत प्रयोग गर्न सक्नुहुन्छ ।

मस्कारको उचित प्रयोगका लागि केही कुराहरुमा ध्यान दिनुपर्छ :

-राम्रो गुणस्तरको मेकअप रिमुवर प्रयोग गर्नुपर्छ । त्यसो गर्नुभयो भने तपाईंको परेला प्राकृतिक देखिन्छ ।

-कपासमा बेबी ओयल लगाएर मस्कारा सफा गर्नुपर्छ ।

-मस्कारा सुकेपछि स्पाइरल ब्रसले परेलालाई मिलाउनुपर्छ । त्यसरी सफा गर्दा मस्कारा एकै ठाउँमा जम्मा हुन पाउँदैन ।

-तल्लो परेलामा मस्कारा लगाउँदा मस्कारा नफैलियोस् भनेर परेलाको ठिक मुन्तिर पाउडर लगाउनुपर्छ ।

-यदि तपाईंंसँग सानो ब्रस छ भने आँखाको कुनासम्म मस्कारा लगाउन सजिलो हुन्छ ।

-आँखामा आइस्याडो र आइलाइनर लगाएपछि मात्र मस्कारा प्रयोग गर्नुपर्छ ।

-मस्काराको प्रयोग परेलाको जरादेखि टुप्पोसम्म राम्ररी गर्नुपर्छ ।

-यदि मस्कारा ब्रसमा आवश्कयताभन्दा बढी मस्कारा लागेको छ भने त्यसलाई टिस्यु पेपरले सफा गरेपछि मात्र प्रयोग गर्नुपर्छ ।

प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार  ५ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।