बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी मुम्बई पुलिसको भन्दामा परेका छन् । १ जूनमा दिउँसो २ बजे मुम्बईको ब्यान्डस्ट्यान्डमा कारमा घुमिरहेको अवस्थामा उनीहरू प्रहरीले पक्राउ गरेर एफआईआरमा दर्ता गरेको छ । उनीहरू प्रेम सम्बन्धमा रहेका छन् ।
लकडाउनमा बाहिर निस्कनुको सही कारण उनीहरूले दिन सकेकाले प्रहरीले पक्राउ गरेको जनाएको छ । यद्यपी, त्यतिबेला प्रहरीले डकुमेन्ट चेक गरेर उनीहरूलाई छाडिदिएको थियो । प्रहरीले सबै घटनाको जाँच गरेपछि अहिले एफआईआर दर्ता गरेको छ ।
मुम्बई पुलिसका अनुसार दुबैविरुद्ध धारा १८८ अन्तर्गत केस दर्ता गरिएको छ । अहिले यो घटनामा कसैलाई गिरफ्तार गरिएको छैन । महाराष्ट्रमा १५ जूनसम्म कोरोना कफ्र्यु छ र बिहान ७ देखि २ बजेसम्ममात्रै बाहिर निस्कने छुट छ ।
मिडिया रिपोर्टस्का अनुसार दिशा र टाइगर मंगलबार जिम सेशनपछि डेटिङका लागि ड्राइभमा निस्किएका थिए ।




















प्रतिक्रिया