Logo

शिकार खेल्दा गोली लागेर साथिको मृत्यु भएपछि ६ जना पक्राउ



मोरङ । मोरङको केराबारी गाउँपालिकास्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्दा गल्तिवस गोली लाग्दा आफ्नै साथिको मृत्यु भएको थियो । वैशाख ८ मा केराबारी गाउँपालिका वडा नम्बर–३ घर भएका ३२ वर्षीय हस्तबहादुर राईको दाहिने कुममा गोली लागेर मृत्यु भएको थियो । उक्त घटनामा संलग्न अभियुक्तहरूलाई पक्राउ गर्दै आज प्रहरीले सार्वजनिक गरेको छ ।

केराबारी गाउँपालिका घर भएका गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर हस्तबहादुरको मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

हत्यामा संलग्न गजेन्द्र र रुविन लिम्बुलाई प्रहरीले वैशाख ९ मा पक्राउ गरेको थियो । बुधबार थप ४ जना पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा केराबारी–३ घर भएका ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धबीर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ घर भएका १९ वर्षीय विपन लिम्बु छन् । 

बाँसघारी खोप राष्ट्रिय वनमा शिकारीहरुले लुकाएर राखेको ४ थान भरुवा  बन्दुक पनि प्रहरीले बरामद गरेको छ । हस्तबहादुरको शव फेला परेका दिन प्रहरीले थप १ थान भरुवा बन्दुक बरामद गरेको थियो । आरोपीहरूविरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद थप गरि अनुसन्धान प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १६:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।