इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा लिभरपुलले जित हात पारेकाे छ ।
लिभरपुलले घरेलु टाेली न्युकासल युनाइटेडमाथि १-० काे कठिन जित हात पारेकाे हाे । याे जितसँगै ऊ अंक तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ ।
सेन्ट जेम्स पार्कमा खेलकाे १९ औं मिनेटमा नाबी केइटाले गरेकाे एक मात्रा गाेल लिभरपुललाई जित दिलाउन पर्याप्त बन्याे ।
याे जितसँगै लिभरपुलले ३४ खेलमा ८२ अंक जाेड्दा पराजित न्युकासल ३५ खेलबाट ४३ अंकका साथ नवाैं स्थानमा छ ।




















प्रतिक्रिया