Logo

धर्म / संस्कृति

हेर्नुहोस् वि.सं.२०७७ साल असोज १९ गते सोमबारको राशिफल



वि.सं.२०७७ साल असोज १९ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–तृतीया,०३ घडी ५५ पला,बिहान ७ बजेर ३३ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–भरुणी,१९ घडी २६ पला,दिउसो ०१ बजेर ४५ मिनेट उप्रान्त कृतिका । योग–बज्र,४४ घडी ४८ पला,बेलुकी ११ बजेर ५४ मिनेट उप्रान्त सिद्धि । करण–भद्रा,बिहान ०७ बजेर ३३ मिनेट उप्रान्त बव,बेलुकी ०८ बजेर ३० मिनेट उप्रान्त बालव । आनन्दादिमा–चर योग । चन्द्रराशि–मेष,बेलुकी ०८बजेर २२ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४३ मिनेट । दिनमान २९ घडी २१ पला । विश्व शिक्षक दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुनाले अग्र स्थानमा तपाईँको नाम आउनेछ । तरपनि प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा घरपरिवारको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भौतिक सम्पति तथा बिलाशी बस्तु प्राप्तीको गतिलो योग रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । लामो तथा छोटो दुुरिको रमाईलो यात्रा हुनेछ । बनभोज तथा शुभ मांगलिक कार्यक्रममा सहभाथि भई स्वादिष्ट भोजनका साथ दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापारमा व्यावसायमा प्रतिष्पर्धा आम्दानि बढाउँन सकिनेछ । नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययन तथा अध्यापनमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योजनाहरु सफल रुपमा सम्पन्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर बिशेषगरि स्कुल कलेज तथा शेयर बजार तिर गरिने लगानिमा सुधार भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आफन्त तथा आत्मीय मित्रहरुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसिले उचाई नाघ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनीति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान जाने हुनाले राम्रो प्रगति गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दा नि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । समाजसेवी तथा राजनीति गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । परिवारका साथ रमाईलो बाताबरणमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

 

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  ६ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।