वीरगञ्ज महानगरपालिकाले असार १ देखि विद्यालय सञ्चालन हुने निर्णय गरेकाे छ।
आन्तरिक मूल्यांकन गरेर नतिजा प्रकाशन गर्न पनि विद्यालय खुला गर्नु परेको मेयर विजयकुमार सरवगीले बताए। उनका अनुसार विद्यालय सरसफाइ गर्ने, बाहिर गएका शिक्षक विद्यालयसम्म आउने वातावरण बनाउने, परीक्षाफल प्रकाशित गर्ने, नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु गर्ने, विद्यार्थीको भौतिक उपस्थिति गर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने र अभिभावकहरुसँग कसरी पठनपाठन गर्न विद्यालय खाेलिन लागिएकाे हाे।
दोस्रो लहरको कोरोना महामारीको कारण महानगर क्षेत्रका शैक्षिक संस्था गत वैशाख १२ देखि बन्द छन्। विद्यालय बन्द रहेकाले वार्षिक परीक्षा हुन पाएको छैन।
महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णका अनुसार असार पहिलो साता अर्थात् असार १ देखि ७ गतेसम्म विद्यार्थी भर्नाका लागि व्यवस्थापकीय कार्य गर्ने, ८ देखि १५ गतेसम्म विद्यार्थी भर्ना सप्ताह अर्थात् घर दैलो कार्यक्रम गर्ने, १५ गते पछिदेखि नियमित रुपले विद्यालय पठनपाठन गर्ने गराउने निर्देशन विद्यालयहरुलाई दिइएको छ।















प्रतिक्रिया