बुर्किना फासोमा सशस्त्र समूहका बन्दुकधारीले हमला गरेका छन्।
याघा प्रान्तकाे सोल्हान गाउँमा हतियारधारी समूहले घर तथा बजारमा आगजनी समेत गरी गरेकाे हमलामा १३२ जनाकाे ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। हमलामा परी बालबालिकाकाे पनि ज्यान गएकाे छ।
अहिलेसम्म कुनै पनि समूहले घटनाकाे जिम्मेवारी लिएकाे छैन। तर, बुर्किना फासोमा केही समयदेखि इस्लामी समूहहरूको हमला बढिरहेका छन्। सशस्त्र समूहहरूले छापा मार्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन् । बुर्किना फासोले आफ्ना छिमेकी देशहरु माली, चाड, बुर्कीना फासोमा जस्तै सुरक्षा सङ्कटको सामना गरिरहेको छ।
याे घटनापछि राष्ट्रपति रोक कबोरेले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन्।




















प्रतिक्रिया