Logo

कर्पोरेट फोकस

डिशहोमका ग्राहकले जिते रु. १ लाख



काठमाण्डौ । ‘१ वर्षमा २४ महिना’ योजनाका साप्ताहिक विजयी दुई भाग्यशाली ग्राहक घोषणा गरिएको छ ।

यस योजनाअन्तर्गत हरेक हप्ता लक्की ड्रमार्फत एकजनाले रु. १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् । योजनाअन्तर्गत वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमश : CAS ID 71900831042 र 02564251703 भएका ग्राहकले रु. १–१ लाख जित्न सफल भएका छन् ।

डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाइकोमा गएर डिशहोमको फन्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १२:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।