Logo

भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ



दक्षिण भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ देखिएको छ । एक वेब सिरिजको शूटिङका दौरानमा उनमा कोरोना संक्रमण भएको हो ।

कोरोनाका लक्षण देखिएपछि उनी हैदरावादको एक अस्पतालमा भर्ना भएकी छिन् ।

यसअघि तमन्नाको बुबाआमामा पनि कोरोना संक्रमण देखिएको थियो । यसको जानकारी तमन्नाले सामाजिक सञ्जालमार्फत दिएकी थिइन् ।

शूटिङका दौरान तमन्नाले कोरोना परीक्षण गराएकी थिइन् । उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार ०९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।