Logo

अन्तर्राष्ट्रिय

‘केजिएफ’ का खलनायक ‘गरुडा’ यशका बडिगार्ड थिए



काठमाडौं । ‘केजिएफ’को लागि मुख्य पात्र रकीको भूमिकामा यशलाई अनुबन्धित गरिसक्दा मुख्य खलपात्र गरुडाका लागि भने कलाकार भेटिएको थिएन । लेखक तथा निर्देशक प्रशान्त नील यस्तो कलाकारको खोजीमा थिए जो शारीरिक र मानसिक रुपमा गरुडामा फिट होस् र पर्दामा यशको टक्करको देखियोस् । 

गरुडाको लागि को ठिक हुन्छ भन्ने विषयमा छलफल चलिरहँदा नीलको आँखा रामचन्द्र राजुमा पर्‍यो‚ जो यशका बडीगार्ड थिए । रामचन्द्रको शरीर गरुडाको लागि सुहाउँदो त थियो तर उनी पेशाले अभिनेता थिएनन् । नीलले गरुडाका लागि रामचन्द्रलाई प्रस्ताव गरे, यशसँग छलफल भयो र अन्त्यमा गरुडाको भूमिकामा रामचन्द्र नै देखिने भए । 

‘केजिएफ’मा जति महत्त्वपूर्ण भूमिका यशको छ‚ रामचन्द्रको पनि त्यतिकै महत्त्वपूर्ण छ। पर्दामा नायक र खलनायकको भूमिका निर्वाह गरे पनि यश र रामचन्द्रको सम्बन्ध सुमधुर छ । उनीहरू एक अर्काका मिल्ने साथी पनि हुन्। फिल्ममा गरुडाको लागि तयारी गर्न रामचन्द्रले यशकै सहयोग लिएका थिए ।

‘केजिएफ’ रामचन्द्रको पहिलो फिल्म हो । आफ्नो पहिलो फिल्मबाटै उनले उत्कृष्ट खलपात्रको रुपमा धेरै अवार्ड पनि हात पारे । साथै ‘केजिएफ’ले उनलाई एउटा अभिनेताका रुपमा पनि स्थापित गर्‍यो । उनलाई लगातार फिल्मको अफर आउन शुरु भयो । रामचन्द्रले ‘सुल्तान’बाट तामिल फिल्ममा डेब्यु गरे, ‘महा समुद्रम’बाट तेलुगु फिल्ममा डेब्यु गरे भने ‘आरत्तु’बाट मलयालम फिल्ममा प्रवेश गरे । 

सन् २०२१ मा मात्रै रामचन्द्रका ५ फिल्म प्रदर्शनमा आए । ‘केजिएफ’पछि उनका ७ फिल्म प्रदर्शनमा आइसकेका छन् भने दुईवटा फिल्म निर्माणका क्रममा छन् । एजेन्सी

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १७:२३   :  बजे

294
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।