Logo

कर्पोरेट फोकस

बैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सेवा बन्द 



वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता सेवा बन्द भएको छ । सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड–१९ को संक्रमण भएसँगै केही दिनको लागि बन्द गरिएको छ । अर्को सुचना सार्वजनिक नभएसम्म सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता सम्बन्धि सम्पूर्ण सेवा बन्द गरिएको हो ।

सचिवालयबाट प्राप्त हुने आर्थिक सहायताका लागि सम्बन्धित व्यक्तिले आवश्यक कागजात सहित स्थानीय तहमा निवेदन दिन बोर्ड सचिवालयले आग्रह गरेको छ । उक्त कागजातहरू स्थानीय तहले रुजु गरी आधिकारिक ईमेलबाट बोर्ड सचिवालयको इमेलमा प्राप्त भएमा सचिवालयले सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायता वापतको रकम पठाउने सचिवालयले जनाएको छ साथै, सचिवालयबाट अत्यावश्यक सेवा अन्तर्गत गरिने शव ढुवानीको कार्य सुचारु रहेको जनाएको छ ।

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  १० : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।