Logo

कर्पोरेट फोकस

नागरिक स्टक डिलरको प्रमुख कार्यकारीमा श्रेष्ठ नियुक्त 



नागरिक स्टक डिलर कम्पनी लिमिटेडको प्रमुख कार्यकारीमा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छ। आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्। कम्पनीको सञ्चालक समितिसँग करार सम्झौता गर्न बाँकी छ। सम्झौता त्यसपछि श्रेष्ठले काम सुरु गर्ने छन्।

श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा चार्टर्ड एकाउन्टेन्ट श्रेष्ठ बैंक सुपरिवक्षेण विभागबाट अवकाश भएका हुन्। उनीसँग राष्ट्र बैंकको तर्फबाट नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतसमेतको अनुभव रहेको छ । 
नागरिक लगानी कोषको सहायक कम्पनीका रूपमा स्टक डिलर कम्पनी खोलिएको हो। धितोपत्र बजारमा लगानी गर्ने र बजारको अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले स्टक डिलर कम्पनी खोलिएको हो। 

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  ११ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।