Logo

साहित्य

कविता : वीरत्वको मुहान



यो वीरको रगत हो ,उम्लेर सिद्धिदैन ।
वीरत्वको छ छाती, झुकेर बककाचिदैन ।।
आउन् अनन्त धावा, वीरत्व लत्रदैन ।
गाउन् अनन्त गाथा, गाएर सिद्धिदैन ।।१।।

पाएर चक्र वीर ,परम शक्ती योद्धा ।
स्वराष्ट्र थामी जीयौं ,किल्ला बनी अभेध्य ।।
टिकेनन् बैरी कोही नेपालीको समरमा ।
लत्रेन राष्ट्र शान ,जीवित छौं यूग–यूगमा ।।२।।

आमा नेपाल मेरी ,आमा को दूग्ध वीर ।
यो धरती नै अटल छ,हिमाल विश्व शीर ।।
पूर्खा अनेकौं बीर,समर–समरमा उदाए ।
त्यै रक्त को शरिर यो, पितृत्व उही पाए ।।३।।

हारेन राष्ट्र शान ,झूकेन वीर कैल्हे ।
त्यै वीरको विरासत ,बाच्छु ऐले ।।
संसार शान्ति सेना ,वा यूद्धको तुफान।
जस्तो दुबै समरमा ,हरदम रही चट्टान ।।४।।

बोकेर राष्ट्र झण्डा, भिरेर राष्ट्र सश्त्र ।
पहिरिएर वीर भेष, मानी शिवत्व शाश्त्र ।।
ज्यककूदो छु विश्व वीर, राख्दै छु राष्ट्र शान ।
नेपाल देश मेरो ,वीरत्व को मुहान ।।५।।

प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार  २ : ४५ बजे