Logo

अचम्म

नातिनातिना नपाइदिएको भन्दै आमा–बुवाले छोराविरुद्ध हाले मुद्दा



नातिनातिनाको मायाको व्याख्या गर्नुपर्दा ‘सावाँको भन्दा ब्याजको माया’ भन्ने वाक्यांश सबैभन्दा धेरै प्रयोग हुने गर्छ । अर्थात् हजुरबुवा–हजुरआमालाई आफ्नो छोराको भन्दा नाति नातिनाको बढी माया लाग्छ । सायद यही माया प्रस्फुटित भएर होला, एक दम्पत्तिले आफ्नै छोरा–बुहारीविरुद्ध मुद्दा हालेका छन् । त्यो पनि नाति नातिना नपाइदिएको भनेर ।

६१ र ५७ वर्षीय सञ्जिव र साधना प्रसादले आफ्नो छोरालाई हुर्काउन, पाइलटको तालिम गराउन र भव्य विवाहका लागि आफ्नो बचत खर्च गरेको बताए ।

उनीहरुले एक वर्षभित्र नातिनातिना नजन्मिएमा करिब ६,५०,००० डलर (८ करोड रुपैयाँ बढी) क्षतिपूर्तिको माग गरिरहेका छन् ।

उनीहरुका छोरा–बुहारीको यसबारे कुनै टिप्पणी सार्वजनिक भएको छैन । यो असाध्यै अचम्मको मुद्दा ‘मानसिक उत्पीडन’ अन्तर्गत दायर गरिएको हो ।

प्रसाद दम्पत्तिका अनुसार उनले आफ्नो सबै बचत आफ्नो एक्लो छोरामाथि खर्च गरे । सन् २००६ मा पाइलट प्रशिक्षणका लागि ६५,००० को लागतमा अमेरिका पठाए । एजेन्सी

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ४ : ०७ बजे