Logo

मधेश प्रदेश

प्रदेश २ सरकारमा कांग्रेसकाे इन्ट्री, मन्त्रालय टुक्रयाएर तीन मन्त्री थपियाे



प्रदेश २ सरकारकाे नेपाली कांग्रेसकाे इन्ट्री भएकाे छ। संघमा सत्ता समीकरणका लागि बनेकाे गठबन्धन अनुसार प्रदेश २ मा कांग्रेसलाई सरकारमा भित्र्याउन मन्त्रालय टुक्राइएकाे थियाे।

टुक्राइएकामध्ये तीन वटा मन्त्रालय कांग्रेसले पाएकाे छ।

मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसबाट रामसरोज यादवलाई भौतिक पूर्वाधार विकास, ओमप्रकाश शर्मालाई खानेपानी तथा उर्जा विकास र वीरेन्द्र सिंहलाईलाई महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन्।

तीनजना मन्त्रीलाई मधेश भवन परिसरमा प्रदेश प्रमुख राजेश झा अहिराजले बुधबार राति पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

तस्बिर : नेपालखबरबाट

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ०६:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।