Logo

मधेश प्रदेश

प्रदेश २ मा कांग्रेस सत्ता साझेदार बनेपछि उपसभापति निधिले दिए बधाई



नेपाली कांग्रेस प्रदेश २ मा सत्ता साझेदार बनेपछि उपसभापति विमलेन्द्र निधिले बधाई दिएका छन्।

कांग्रेस नेताहरु रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्रकुमार सिंह बुधबार राति मात्र प्रदेश २ सरकारका मन्त्री बनेका थिए।

निधिले ट्वीट गर्दै भनेका छन्,प्रदेश २ का नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, ओमप्रकाश शर्मा र विरेन्द्रकुमार सिंह- प्रदेश सरकारको मंत्री पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु।’

संघमा सत्ता समीकरणका लागि बनेकाे गठबन्धन अनुसार प्रदेश २ मा कांग्रेसलाई सरकारमा भित्र्याउन मन्त्रालय टुक्राइएकाे थियाे। टुक्राइएकामध्ये तीन वटा मन्त्रालय कांग्रेसले पाएकाे छ।

मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसबाट रामसरोज यादवलाई भौतिक पूर्वाधार विकास, ओमप्रकाश शर्मालाई खानेपानी तथा उर्जा विकास र वीरेन्द्र सिंहलाईलाई महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन्।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ०७:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।