Logo

प्रमुख समाचार

सप्तरीमा ‘एमालेका गुण्डा’ले गरे कांग्रसमाथि आक्रमण, पाँच जनाकाे टाउकाे फुट्याे



सप्तरी । सप्तरीकाे राजगढ गाउँपालिका वडा न ४ पिपरा अधारभुत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवै समूहका ७ जना घाइते भएका छन् ।  

शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बेला १०/१५  जना माेटरसाइकलमा लाठी लिएर आएका एमालेका कार्यकर्ताले बुथबाहिर बसिरहेका कांग्रेस कार्यकर्तालाई  कुटपिट गरेको कांग्रेस वडा नं ४ का  उमेदवार हेमनरायण साहको आरोप छ ।

एमाले कार्यकर्ताकाे कुटाइबाट कांग्रेसका ५ जना कार्यकर्ता गम्भीर घाइते भएका छन् । कुटपिटबाट टेकनारायण भन्ने चन्द्रनरायण साह, गणेशी साह, प्रशुराम साह, संजय साह, सुरुजनारायण साह घाइते भएका हुन् । घाइतेमध्ये अधिकांशकाे टाउकाे फुटेको छ । 

कुटपिटमा एमालेका दुई कार्यकर्ता पनि घाइते भएका छन् । घाइते हुनेहरूमा  जयप्रकाश मण्डल र इन्द्रजित मण्डल रहेका छन् । घाइते सबैको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ८ : ०० बजे