Logo

प्रमुख समाचार

फर्जी मत खसाल्ने क्रममा विवाद चर्केपछि प्रहरीले गोली चलायो, उदयपुरका वीरबहादुर मतदान केन्द्रमै ढले



उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा धाँधली गरी फर्जी मत खसाल्ने क्रममा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीले चलाएको गोलीबाट अन्य एक र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मृत्यु हुने १८ वर्षीय वीरबहादुर कटुवालको छातीमा गोली लागेको हो । प्रहरीको गोलीले १३ वर्षीय किशोर मोहन श्रेष्ठ घाइते भएका छन् । ढुंगामुढा हुँदा प्रहरी जवान विष्णु तामाङ घाइते भएका छन् ।

घटनामा ज्यान गुमाएका कटुवाल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट स्वतन्त्र उमेदवार बनेका गौरबहादुर कटुवालका भतिज रहेको प्रहरीले जानकारी दिएको छ ।

ढुंगामुढा हुन थालेपछि केहीले मतपेटिका लुट्ने प्रयाससमेत गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ८ : ०९ बजे