Logo

समाचार

शंकरापुरमा राप्रपाको सुरुवाती अग्रता



काठमाडौँ — काठमाडौंको शंकरापुरमा मतगणना सुरु भएको छ । हालसम्मको मतगणना परिणामअनुसार राप्रपाले सुरुवाती अग्रता लिएको छ । राप्रपाका रमेश नापित चार मतले अगाडि रहेका छन् । यो नगरपालिकामा एमाले र एकीकृत समाजवादी दोस्रो र तेस्रो नम्बरमा रहेका छन् ।

राप्रपाका नापितले १ सय ७५ मत ल्याउँदा एमालेका कृष्णलाल बजगाईं चार मतले मात्रै पछाडि छन् । उनले १ सय ७१ मत ल्याएका छन् । एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले १ सय १८ मत ल्याएका छन् ।

उपप्रमुखमा पनि राप्रपाले अग्रता लिएको छ । राप्रपाकी विजयकुमारी वाइबाले १ सय ३१ मत ल्याएकी छन् । माओवादीकी चण्डिका चौलागाईंले ७६ र कांग्रेसकी समिता श्रेष्ठले ७३ मत ल्याएका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ७ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।