Logo

अनलाइनपाना खोज

गौरादह एमाले अधिवेशन : कार्की समूहको टाउको दुखाइ बन्दै दुर्गा गौतम



दमक । झापाको गौरादह नगरको माहौल नेकपा(एमाले) नगर अधिवेशनले तताएको छ । एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रको प्रमुख नगर भएकोले पनि जेठ ५ र ६ गते चल्ने अधिवेशनलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ ।

लामो समय युवा संघको नेतृत्वमा रहेका दुर्गा गौतमले नगर अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेसंगै संविधानसभा सदस्य तथा गौरादह पोखरी निमार्ण समितिका निवर्तमान अध्यक्ष दिपक कार्कीको समेत `निद हराम´ भएको श्रोतको दावी छ ।

गौतम एमाले भित्रका लचिलो नेताका रुपमा परिचित छन् । कसैको चाकडी गर्न नजान्ने नेता गौतम एमाले नगर अध्यक्ष भएभने दिपक कार्की समूहको आफू केन्द्रित एमाले गौरादह नगरको राजनीति आफ्नो पकड बाहिर जाने डरले कार्की समूह जोडतोडले हराउन लागेका छन् भने स्थानीय कार्यकर्ता जसरी पनि गौतमले जित्नु पर्छ भन्ने चाहानाले लागिपरेको एमाले स्थानीय नेताले बताए ।

सार्वजनिक कार्यक्रममा गौरादहको ठूलावढा आफू र आफ्नो भाइ हिक्मत कार्की हो भनेर आलोचित बनेका दिपक कार्कीले आफ्नो समूहको तर्फबाट आफ्नो `एसम्यान´ गजेन्द्र घिमिरेलाई अध्यक्षमा उठाउने तयारी गरेको श्रोतको दाबी छ । घिमिरे गौरादह नगरपालिका वडा नम्बर ३ का पूर्व वडाध्यक्ष हुन भने आफ्नो कार्यकालमा विभिन्न काण्डमा जोडिएर आलोचित बनेका थिए । जसका कारण गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा स्वतन्त्र उमेदवार दिलीप भण्डारीसंग नमिठोसंग पराजित भएका थिए । तर आज दिपक कार्कीको `एसम्यान´ भएकै कारण पार्टी कार्यकर्ताले समेत नरुचाएका घिमिरेलाई आफ्नो दबदबा कायमै राख्न कार्कीले अध्यक्ष बनाउने तयारी गरेका छन् ।

त्यसो त उट्पट्याङ अभिव्यक्ति र गैरजिम्मेवार हर्कतले गौरादह नगरदेखि झापा जिल्लासम्म आलोचित बनेका कार्कीसंग पछिल्लो पटक पार्टी अध्यक्ष ओली समेत आजीत भएको श्रोतको दावी छ ।

त्यस्तै आफ्नै वडामा समेत वडाध्यक्ष जिताउन नसकेको आरोप कार्की माथि लाग्दै आएको छ । पार्टी भित्र मात्र नभई सामाजिक कार्यले गर्दा गौरादहमा लोकप्रिय बन्दैगएका गौतमलाई रोक्न कार्की समूहको जालझेलले कत्तिको काम गर्छ त्यो भने हेर्न बाकी छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०८१ शनिबार  १२ : ३५ बजे

561
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।