Logo

उद्योग

एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२४ सम्पन्न



काठमाडौं । एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२४ सम्पन्न भएको छ ।

कम्पनीले सोसाइटी अफ नेपलिज आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसियसन नेपाल (आइडिया नेपाल) लगायतको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको उक्त कार्यक्रमले सामाजिक सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरुको अध्ययन गरेर डिजाइनका लागि दिशानिर्देश गर्न योगदान पुर्‍याउँदै आएको कम्पनीले जानकारी दिएको छ ।

हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२४ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका सिइओ प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गरेका थिए भने एशियन पेन्ट्स ग्लोबलका रिजनल हेड सिरीश राव र एशियन पेन्ट्स नेपालका कन्ट्री हेड गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति राखेको बताइएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार १५:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।