Logo

प्रमुख समाचार

शंखरापुरमा राप्रपाले प्रमुखसहित ३ वडा जित्ने संकेत, गठबन्धन तेस्रो स्थानमा



काठमाडौँको शंखरापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुखसहित तीनवटा वडा अध्यक्ष जित्ने संकेत देखिएको छ ।

यहाँ प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरे पनि दुईवटा वडाको १२ सय मत गणना हुँदा तेस्रो भएको छ ।

एकल रूपमा चुनावी प्रतिस्पर्धा गरेको एमालेले बिहान १०ः३० बजेसम्मकाे नजिताअनुसार एमालेबाट प्रमुख पदका प्रत्यासी कृष्ण बजगाईंले २७० मत ल्याएका छन् । उप्रमुखमा लक्ष्मी केसीले २०६ मत पाएकी छन् । राप्रपाबाट प्रमुखको प्रत्यासी बनेका रमेश नापितले २८१ र उपप्रमुखको २०४ मत आएको छ ।

कांग्रेस समाजवादी गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका एलपी श्रेष्ठले २३० मत मात्रै पाएका छन्। त्यही टिमबाट उपप्रमुखको उम्मेदवार रहेकी कांगेसकी समिता श्रेष्ठले ३३१ मत पाएकी छन् ।

माओवादीबाट प्रमुखको प्रत्यासी बनेका निरज केसीले ११४ र उपप्रमुख चण्डिक दंगालले १२३ मत पाएकी छन् ।

शंखरापुरमा राप्रपाको आधार इलाकाको रुपमा रहेको वडा ६ र ७ वडाको मतगणना हुन बाँकी छ। जुन साँखुको कोर क्षेत्र हो।

अघिल्लो चुनावमा ती दुवै वडामा राप्रपाले खसेको मतको ७० प्रतिशत मत एकलौटी प्राप्त गरेको थियो। ती दुईवडामा गरी पाँच हजार मतदाता रहेका छन्।

यसपटक पनि ती दुईवटाबाट अघिल्लोपटकजस्तै मत खस्ने दाबी राप्रपाका कार्यकर्ता दाबी गर्छन्।

यसपटक राप्रपाले थप एउटा वडा अध्यक्ष समेत जित्ने उनीहरूको दाबी छ । २०७४ को चुनावमा माओवादीले जितेको ३ नम्बर वडाको परिणाम यसपटक राप्रपाको पोल्टामा जाने लगभग निश्चित छ।

जसका कारण एमालेको प्रतिष्ठाको नगर बन्दै आएको शंखरापुर पार्टी विभाजन र कमजोर गठबन्धनका कारण राप्रपाको पोल्टामा जाने प्रारम्मिक मतगणनाबाट देखिएको छ ।

शुक्रबार भएको मतदानमा २२ हजार पाँच सयमत मध्ये १७ हजार एक सय खसेको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ११ : ३२ बजे

4.065k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।