Logo

प्रमुख समाचार

सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिकामा एमाले विजयी



साेलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेका टासी ल्हाम शेर्पा विजयी भएका हुन् । अध्यक्षमा मिङमा छिरीले २ हजार २८ मत र उपाध्यक्षले २ हजार २३ मतसहित विजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र उपाध्यक्षमा कांग्रेसका निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गरे । ५ वटा वडा रहेको खुम्बुमा वडा नम्बर १ को प्यानल नै कांग्रेसले जितेको छ । बाँकी वडामा नेकपा एमालेले जितेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ८ : ५४ बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।