Logo

अचम्म

पाँच शिशुलाई जन्म दिएकी आमाको स्वास्थ्य सामान्य, एक शिशुको गर्भमै मृत्यु



नुवाकोटकी एक २८ वर्षीया महिलाले एकै पटकमा पाँच शिशुलाई जन्म दिएकी छन् । थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा सोमिका तामाङले एकै पटकमा पाँच शिशुलाई जन्म दिएकी हुन् ।

उनको शल्यक्रियामार्फत प्रसुति गराइएको अस्पतालकी निर्देशक संगीता मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच बच्चामध्ये चार छोरी र एक छोरा रहेकामा छोराको भने शल्यक्रिया अघिनै मृत्यु भएको छ ।

जीवित रहेका तीनै शिशुहरुको तौल १.८, १.९, १.६ किलोग्राम र ८०० ग्राम रहेको बताइएको छ । चिकित्सकहरुले एकै पटकमा एउटी गर्भवती महिलाले पाँच शिशुको जन्म दिनु दुर्लभ भएको र आफूहरु पनि आश्चर्यमा परेको बताएका छन् ।

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  ११ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।