Logo

प्रमुख समाचार

नेपालगञ्ज मेयरमा कांग्रेसका बिष्ट तेब्बर मतान्तरले अगाडि 



नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्टले अग्रता बढाउँदै लगेका छन् । 

विष्ट प्रतिष्पर्धी भन्दा करिब तेब्बर मतान्तरले अगाडि छन् । विष्टले ९८४ मत प्राप्त गर्दा राप्रपाका नन्दलाल वैश्यले ३६६ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ३४० मत मात्रै प्राप्त गरेका छन् । 

त्यस्तै उपमेयरमा जसपाका कमरूद्दिन राईले ८६२, राप्रपाकी विन्दु चर्ती मगरले ४४५ र एमालेकी शान्तिदेवी ढकालले २९३ मत प्राप्त गरेका छन् । 

नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर २२ र २३ को मतगणना सकिएको छ । अहिले वडा नम्बर १, २, २० र २१ को मतगणना जारी छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ९ : ०६ बजे

19.731k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।