Logo

राजनीति

बाराको निजगढ १३ मा कांग्रेसका घलान विजयी



बारा । बाराको निजगढ नगरपालिका १३ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार सूर्य घलान विजयी भएका छन् । उनी ७ सय ७९ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमानसिंह थिङ्गले ५ सय ८६ मत प्राप्त गरेका छन् । थिङ्गलाई १ सय ९३ मतले पराजित गर्दै घलान दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

निजगढ मेयरमा कांग्रेसको अग्रता कायम छ । मेयरका उम्मेदवार सुरेश खनालले ७ सय ५१ मत प्राप्त गरेका छन् भने, एमालेका सुरथ पुरीले ५ सय ८३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट रविराज दंगालले ५ सय ८९ मत पाउँदा एमालेका सोममाया थिङ्गले ५ सय ९९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ९ : ५१ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।