Logo

प्रमुख समाचार

डोटीको बडीकेदार गाउँपालिकामा कांग्रेस विजयी



डोटी । डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भैरबबहादुर साउदले २३४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका चक्रबहादुर घर्तीमगरले १६८४ मत ल्याएर हार व्यहोरेका छन् ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका डम्मरीकुमारी बिष्ट विजयी भएकी छन् । उनी २४०७ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी सपना सिराडीले २२७६ मत ल्याएकी छन् । 

बडीकेदार गाउँपालिकामा नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए भने नेपाली कांग्रेस र नेकपा एमाले एक्ला–एक्लै चुनाव लडेका हुन् ।

त्यसैगरी बडीकेदार गाउँपालिका -१ मा नेपाली कांग्रेसका डबल बोहरा ५३० मत ल्याएर विजयी भएका छन्। वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर घर्तीमगर ४०५ मत ल्याएर विजयी भएका हुन् । वडा नम्बर ३ मा नेपाली कांग्रेसका रामबहादु गुरुङ्ग ५६२ मत ल्याएर विजयी भएका छन् भने वडा नम्बर ४ मा नेकपा एमालेका कर्णबहादुर जेठारा ५३२ मत ल्याएर विजयी भएका छन्। त्यसैगरी वडा नम्बर ५ मा नेकपा एमालेका पदमसिं बोहरा ६५८ मत ल्याएर विजयी भएका छन् ।

जिल्लाकाे अन्य ६ पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने दुईवटा पालिकामा भने नेकपा एमालेले अग्रता लिएको छ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  १० : ०४ बजे

855
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।