Logo

राजनीति

घोराहीमा कांग्रेस अगाडि, गठबन्धनको अग्रता कायमै



घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्माले अग्रता बढाएका छन ।

उनले दुई हजार ८८४ मत प्राप्त गरेका छन । नेकपा (एमाले) का नरुलाला चौधरीले भने दुई हजार ५३४ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रमुख पदमा करिब ३०० मतान्तर भए पनि उपप्रमुखमा धेरै रहेको छ । गठबन्धनबाट उपप्रमुख पदमा उम्मेदवार बनेका नेपाली कांगे्रसका भुपबहादुर डाँगीले तीन हजार १०० मत प्राप्त गरेका छन ।

एमालेका हुमा डिसीले दुई हजार ५३४ मत प्राप्त गरेका छन । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिले घोराही उपमहानगरपालिकाको वडा नं १४, १५, १६, १७, १८ र १९ को मतगणना जारी छ । घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकोमा ७६हजार ५२९ अर्थात् ६७।७६ प्रतिशत मत खसेका थियो ।

त्यसैगरी लमही नगरपालिकामा कांगे्रसले अग्रता लिएको छ । सो नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका उम्मेदवार जोगराज चौधरीले एक हजार ३३३, एमालेका उम्मेदवार ढुण्डिराम चौधरीले एक हजार ११ र माओवादीका वसन्तराज शर्माले एक हजार ४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय लमहीले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा कांगे्रसका उम्मेदवार लक्ष्मी योगी, एक हजार ३६२, एमालेका सुनिता शर्माले एकहजार ४३ र माओवादीका गङ्गा पाण्डेले ७९४ मत प्राप्त गरेका छन । गढवा गाउँपालिकामा भने माओवादीका उम्मेदवारले अध्यक्षमा र उपाध्यक्षमा कांगे्रसका उम्मेदवारले अग्रता लिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादीका उम्मेदवार यमनारायण पोख्रेलले ९१०,कांगे्रसका सर्वजीत डिसीले ९०० र एमालेका सहजराम यादवले ७७० मत प्राप्त गरेका छन भने उपाध्यक्षमा कांगे्रसका शारदा चौधरीले ८७५, एकीकृत समाजवादीका शान्ती चौधरीले ४९१ र एमालेका सीता चौधरीले ४९१ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  १० : ३४ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।