Logo

प्रमुख समाचार

महालक्ष्मी नगरपालिकामा गठबन्धनलाई एमालेको टक्कर



ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा भइरहेको मतगणनामा नेकपा एमाले र कांग्रेस माओवादी गठबन्धनबीच कडा प्रतिस्प्रर्धा भएको छ । पछिल्लो परिणामअनुसार नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठले ४ सय १० मत पाएका छन् भने उनका निकटम प्रतिस्प्रर्धी माओवादीका शिव कट्टेलले ४ सय ८ मत पाएका छन् ।

उपमेयरमा एमालेकी उम्मेदवार बिना सुवेदीले ४ सय ६९ मत पाएकी छिन् भने गठबन्धनतर्फबाट कांग्रेसकी लक्ष्मी महर्जनले ३ सय ४६ मत पाएकी छिन् ।
महालक्ष्मी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ११ : ३६ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।