Logo

प्रमुख समाचार

बाराका ६ वडाको मतगणना सकियो, कहाँ कसले जिते ?



कलैया । बारा जिल्लाका ६ वडाको मत गणना सकिएको छ । मत गणनाअनुसार कांग्रेसले ३, एमालेले २ र जसपाले एक वडामा जित हासिल गरेको छ ।

निजगढ नगरपालिका वडा नम्बर १३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।
वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा उनी सोही पदमा निर्वाचित भएका थिए ।

यसैगरी जितपुरसिमराको वडा नम्बर १ र २४ मा पनि कांग्रेसका उम्मेदवार विजय भएका छन् । वडा नम्बर २३ मा एमाले र प्रसौनी गाँउपालिकाको वडा नम्बर १ मा पनि एमालेकै वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।

त्यसैगरी करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले प्यानलसहित जित हासिल गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  १२ : २९ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।