Logo

प्रमुख समाचार

काठमाडौं महानगरमा बालेन र सुनिता कति मतले अघि छन् ?



काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहँदा उपमेयरमा नेकपा (एमाले)की सुनिता डंगोलले लिड गरिरहेकी छन् ।

पछिल्लो विवरणअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २१३९ मतसहित अग्रता लिइरहँदा उपमेयरकी उम्मेदवार डंगोलले २२३२ मतसहित अग्रता कायम राखेकी छन् ।

त्यस्तै, मेयरमा नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ११९९, नेपाल कांग्रसकी उम्मेदवार सिर्जना सिंहले १०५७ मत प्राप्त गरेकी छन् । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठको २३३ मत आएको छ भने विवेकशीलकी समिक्षा बास्कोटाले २८ मत ल्याएकी छन् ।

त्यस्तै, उपमेयरमा डंगोलपछि एकीकृत समाजवादीका उम्मेदवारले ६४७ मत ल्याएका छन् भने राप्रपाले ५४० मत ल्याएका निर्वाचन अधिकृतले अपडेट दिएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १३:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।