Logo

राजनीति

थुलुङ दुधकोशीमा माओवादी केन्द्रको अग्रता कामयै



काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कामयै राखेको छ । आठ हजार ५१ मत गणना भइसक्दा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार असीम राई तीन हजार ३८९ मतसका साथ अघि छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगेसका वीरबादुर गुरुङले २ हजार ९१० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार आङबाबु राईले एक हजार २४२ मत पाएका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्र नै अघि छ । माओवादीकी उम्मेदवार सविता राई ३ हजार १७७ मतका साथ अग्रस्थानमा छिन् । यस्तै कांग्रेसकी एकाकुमारी कार्कीले २ हजार ८९० तथा एमलेकी कल्पना गिरीले एक हजार ४१४ मत प्राप्त गरेकी छन् । अहिले वडा नम्बर २, ५ र ८ को मत गणना भइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ४ : ३० बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।