Logo

प्रमुख समाचार

दार्चुलाकाे महाकाली मेयरमा एमाले विजयी



दार्चुला । दार्चुलाकाे महाकाली नगरपालिकाकाे प्रमुखमा नेकपा एमालेका नरसिंह चैसिर विजयी भएका छन् ।

उनी ५ हजार १३ मत ल्याएर  विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७  मत प्राप्त गरेका छन् । 

यस्तै, उपमेयर पदमा एमालेकै दुर्गा कुमारी खत्री विजयी भएकी छन् । उनी ४ हजार ६ सय २ मत पाइएकी छन् । उनले  निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुना बाेहराले ४ हजार १ सय ८२ मत प्राप्त  गरेकी छन् ।

याे स्थानीय तह कांग्रेसका दिलेन्द्र बडुकाे निर्वाचन क्षेत्र  हाे ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ५ : १८ बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।